गन्तब्य
मिटरब्याजी समस्या सम्बोधन गर्न सहजिकरण डेस्क
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले मिटरब्याजी समस्या सम्बोधन गर्न सहजीकरण डेस्क स्थापना गरेको छ । प्रशासनले मिटरब्याजी सम्बन्धी उजुरी तथा पीडितहरूको गुनासोको सुनुवाइ गर्न सहजिकरण डेस्क स्थापना गरेको हो ।सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै डेस्क सञ्चालनमा ल्याएको जानकारी गराएको छ । प्रशासनले खरिदार सम्झना भुजेललाई सहजीकरण डेस्क र प्रशासकीय अधिकृत प्रकाश प्रधानलाई गुनासो सुनुवाइ तथा…
Read More »मन्थली–लुक्ला दैनिक उडान सुरु
रामेछाप । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ ।तारा, समिट र सीता एयरले सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ ।पर्यटकीय मौसमको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी एयरलाइन्सहरूले पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याएर लुक्लाको लागि उडान भर्ने गरेका छन्…
Read More »युवा संघ द्धरा होलीमा खुला महिला तथा पुरुष दौड प्रतियोगिता
रामेछाप । जिल्लाको मन्थलीमा होलीको विशेषको अवसरमा खुला महिला तथा पुरुष दौड प्रतियोगिता गरिएको छ । युवा संघ नेपाल रामेछापले होली पर्वको अवसरमा आइतबार सदरमुकाम मन्थलीमा दौड प्रतियोगिताको आयोजना गरेको हो । भैशेश्वर चोक नजिकैको रणजोर खोला पुलबाट मदन आश्रित चोक, देवकोटा चोक, ट्राफिक विट हुँदै अकासे पुलसम्म सहभागीहरू दौडिए । प्रतियोगितामा महिला तर्फ दर्ता नं ७८ नम्बरका सहभागी सविना…
Read More »राप्रपाको राँके जुलुस मन्थलीमा
रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले शनिवार साँझ राँके जुलुस प्रदर्शन गरेको छ । राप्रपाले रामेछापको सदरमुकाम मन्थलीमा वर्तमान सरकारको राजीनामाको माग गर्दै उक्त जुलुस प्रदर्शन गरेको थियो । देश भरका ७७ वटै जिल्लामा भातृ संगठनहरुको सहभागितामा राँके जुलुस प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत रामेछापमा पनि यो कार्यक्रम गरिएको राप्रपा रामेछापका सचिव दीपक कार्कीले बताए । मन्थली स्थित राप्रपाको पार्टी कार्यालयबाट…
Read More »परियोजना द्धरा जुनार कृषकलाई विषादी वितरण
रामेछाप । जिल्लामा जुनार खेती गदै आएका कृषकलाई रोग किरा नियन्त्रणको लागी विषादी वितरण गरिएको छ । जुनारको उत्पादन बढाई कृषकहरुमा अर्थापार्जनमा बृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछापको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत सझेदारीमा विषादी वितरण गरिएको हो । रामेछाप नगरपालिकामा बिहीबार कृषकलाई विषादी प्रयोग सम्बन्धी अभिमुखीकरण सहित विषादी वितरण गरिएको हो ।कृषकलाई निलोतुथो,चुना,मिनिरल…
Read More »न्यूनतम सेवा फलोअप मापदण्ड मूल्याङ्कनमा रामेछाप जिल्ला अस्पताल देशभरमै तेस्रो
रामेछाप । देशभर रहेका १५ शैयाका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पताल तेस्रो भएको छ। देशभर रहेका १५ शैयाका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पतालमा अस्पतालको सेवा सञ्चालन विधि र तरिकामा तेस्रो हुन सफल भएको हो । स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलोअप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अङ्क ल्याएको छ ।मापदण्ड मूल्याङ्कन समितिले सरकारी…
Read More »अनेरास्ववियु द्धरा आगलागी प्रभावित विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री
रामेछाप । रामेछाप नगरपालिका -९ टाहारमा आगलागी बाट प्रभावित १३ जना विद्यार्थीलाई अनेरास्ववियु जिल्ला कमिटीले स्टेशनरी तथा पोसाक वितरण गरेको छ । रामेछाप अनेरास्ववियु जिल्ला कमिटीले सोमबार प्रति विद्यार्थी झोला सहित, कापी, पेन्सिल, पेन र एक सेट पोसाक हस्तान्तरण गरेको छ ।हस्तान्तरण कार्यक्रममा अनेरास्ववियुका संगठन स्थायी कमिटी सदस्य सागरहरि अधिकारी, केन्द्रीय सदस्य आङलामु शेर्पा, पार्टी नगर कमिटी अध्यक्ष रोशन पाख्रिन,…
Read More »मन्थली नगर द्धरा आगलागी पीडितलाई जस्तापाता
रामेछाप । मन्थली नगरपालिकाले सोमबार रामेछाप नगरपालिका वडा नं. ९ टार गाउँका पीडितहरूलाई जस्ता पाता दिएको छ । मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठको नेतृत्वमा विपत् व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल थापा लगायतको टोलीले पीडितहरूलाई जस्तापाता दिएको हो ।नगरपालिकाले प्रति परिवार दुई बन्डलका दरले जस्तापाता उपलब्ध गराएको मन्थली नगरपालिका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । छिमेकी…
Read More »आगलागी पीडितलाई कपडा वितरण
रामेछाप । रामेछाप नगरपालिका वडा नं. ९ राताटारका आगलागी पीडितहरूलाई कपडा वितरण गरिएको छ । रामेछाप नगरपालिकाकी नगर उपप्रमुख बालकुमारी कार्कीको हातबाट पीडितहरूलाई कपडा वितरण गरिएको हो ।आगलागी पीडित ११ परिवारका बालबालिकाहरूको लागी टिसर्ट र ट्रायक सुट वितरण गरिएको छ भने २१ जना महिलाहरूको लागी धोती, चोलो र पेटिकोट वितरण गरिएको नगर प्रवक्ता समीर कार्कीले बताए ।नेपाल तरुण दलका केन्द्रीय…
Read More »पहिलो पटक मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर
रामेछाप । जिल्लामै मुटु रोग सम्बन्धी स्वास्थ्य जाँच गराउन पाउँदा सेवाग्राही खुसी भएका छन् । शिविरमा निःशुल्क, छिटो र राम्रो सेवा पाइएको रामेछाप नगरपालिका–३ का सेवाग्राही सन्तोषकुमार प्रधानले बताए । यस्ता स्वास्थ्य शिविरहरू गाउँगाउँसम्म लैजानु पर्ने उनको भनाइ छ । रामेछाप जिल्लामा मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको यो पहिलो पटक हो ।एकदिने शिविरमा ३ सय ५० जनाको स्वास्थ्य…
Read More »